शान्ति बाटिकामा ‘काग’ सम्मेलन « Khabarhub

शान्ति बाटिकामा ‘काग’ सम्मेलन


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ । 

एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौँ शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गरे। उनले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिए। 

‘विशेषगरी तिहारको परम्परालाई जोगाइराखौँ र सकारात्मक सन्देश दिउँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु’, दुलाले भने, ‘यसलाई आउँदा वर्षमा पनि निरन्तरता दिनेछु ।’ 

बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उनले बोलाएको काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षमा जस्तो कागको सङ्ख्या नरहेको कलाकार दुलालले बताए । उनले सम्मेलनको सुरुआत पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौँमा गर्न थालिएको उनले जानकारी दिए।

‘सपनामा काग कराएको देखेपछि मैले आवाज निकाल्न सुरु गरेको हुँ । त्यसपछि काग तिहारमा सम्मेलन गर्ने गरेको छु’, कलाकार दुलालले भने। उनले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्ने गर्नुभएको छ । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै निकाल्ने भएता पनि कलाकार दुलाललाई ‘काग’ को आवाज निकाल्ने व्यक्तिका रुपमा परिचित छन् । 

राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजना तथा ह्याम्स हस्पिटल काठमाडौँ र सन्दकपुर गाउँपालिका इलामको सहआयोजना सम्मेलन गरिएको थियो । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १ : ५१ बजे

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको