भूकम्पपीडितलाई सघाउन आह्वान « Khabarhub

भूकम्पपीडितलाई सघाउन आह्वान


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले भूकम्पपीडितलाई सघाउन आह्वान गरेका छन् । 

गोरखा– काठमाडौँ सम्पर्क मञ्चले भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले आज आयोजना गरेको देउसीभैलो कार्यक्रममा उपाध्यक्ष पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहुनेतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गरे।  

उनले भूकम्पलगायत सम्भावित विपद् तथा प्रकोप व्यवस्थापनका लागि सरकार सधैँ सचेत हुनुपर्नेमा जोड दिए। नेता पाण्डेले प्रभावितले चिसोको समयमा खुला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाको स्वास्थ्यमा आउने समस्या निराकरण गर्न सरकार संवेदनशील हुनुपर्ने बताए ।

पोलिटब्युरो सदस्य दिलु पन्तले आपूर्ति कम भएकाले पीडितले राहत सामग्री नपाएका भन्दै त्यसलाई सम्बोधन गर्न आग्रह गरे। 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ६ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार