भूकम्पपीडितलाई सघाउन आह्वान « Khabarhub

भूकम्पपीडितलाई सघाउन आह्वान


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले भूकम्पपीडितलाई सघाउन आह्वान गरेका छन् । 

गोरखा– काठमाडौँ सम्पर्क मञ्चले भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले आज आयोजना गरेको देउसीभैलो कार्यक्रममा उपाध्यक्ष पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहुनेतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गरे।  

उनले भूकम्पलगायत सम्भावित विपद् तथा प्रकोप व्यवस्थापनका लागि सरकार सधैँ सचेत हुनुपर्नेमा जोड दिए। नेता पाण्डेले प्रभावितले चिसोको समयमा खुला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाको स्वास्थ्यमा आउने समस्या निराकरण गर्न सरकार संवेदनशील हुनुपर्ने बताए ।

पोलिटब्युरो सदस्य दिलु पन्तले आपूर्ति कम भएकाले पीडितले राहत सामग्री नपाएका भन्दै त्यसलाई सम्बोधन गर्न आग्रह गरे। 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ६ : ३८ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको