बंगलादेशमाथि अस्ट्रेलिया ८ विकेटले विजयी | Khabarhub Khabarhub

बंगलादेशमाथि अस्ट्रेलिया ८ विकेटले विजयी


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले दिएको ३०७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

अस्ट्रेलियाको जितमा मिचेल मार्शले १७७ रन अविजित बनाएका थिए भने स्टिभ स्मिथले अविजित ६३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिङ गर्दै बंगलादेशले ८ विकेट गुमाउँदै ३०६ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलियाले ९ खेलमा १४ अंकसहित तेस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ । अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने यसअघि नै निश्चित भएको थियो ।

त्यस्तै बंगलादेशको ९ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको रहेर विश्वकप सकेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ७ : २३ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका