जाजरकोट भूकम्प : तिहारपछि पुनर्निर्माण  « Khabarhub

जाजरकोट भूकम्प : तिहारपछि पुनर्निर्माण 


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा– कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ । 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण शुरु गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग  अपिल गरेको छ । 

मन्त्री परिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए। कार्यविधि बनाएर पुनर्निमाणका काम थालिने जानकारी उनले दिए।

भूकम्पमा ज्यान गुमाएकाका  परिवारलाई रु दुई लाख रकम र घाइतेहरूको उपचारका लागि तत्काल उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ७ : २६ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित