भरतपुर महानगरको टोलीले दियो भूकम्पपीडितलाई राहत सामग्री « Khabarhub

भरतपुर महानगरको टोलीले दियो भूकम्पपीडितलाई राहत सामग्री


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपूर्व पुगेर नौ सय परिवारलाई राहत वितरण गरेको छ ।

स्थलगतरूपमा मृतकका परिवारलाई समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै स्थानीय पालिकामार्फत राहत वितरण गरिएको हो । महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीलाई महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले खाद्यान्न र लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।

यसैगरी जाजरकोटको नलगढा नगरपालिकाका प्रमुख डम्बरबहादुर रावललाई खाद्यान्न र लत्ताकपडा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टलाई खाद्यान्न र लत्ताकपडा र जाजरकोटको भेरी नगरपालिकाका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारमार्फत दुई सय बोरा राहत सामग्री हस्तान्तरण गरिएको हो ।

ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको छ । एक परिवारलाई २५ किलो चामल, पाँच किलो दाल र एउटा ठूलो ब्ल्याङ्केट वितरण गरिएको हो । अधिकारीका अनुसार महानगरपालिकाले रु ४० लाख हाराहारीको राहत सामग्री वितरण गरेको छ ।

सो क्रममा महानगर प्रमुख दाहालले दुःख साट्न भरतपुर महानगरको टोली स्थलगतरूपमा आएको भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा महानगरका तर्फबाट रु एक करोड दिइने बताईन् । स्थलगतरूपमा प्रभावित क्षेत्रमा पुग्नुभएका दाहालले मृतकका परिवारलाई भेट गर्नुभएको थियो । यसैगरी घाइतेलाई समेत उनको समूहले भेट गरेको थियो ।

उपप्रमुख चित्रसेन अधिकारीले विपद्मा सबैको साथ र सहयोग आवश्यक पर्ने भन्दै पालिकामार्फत प्रभावितसम्म पुग्ने प्रयास भरतपुर महानगरले गरेको बताईन । महानगरका प्रमुख प्रशासकीय अधिकृत रानाले यो सहयोगले केही हदसम्म प्रभावितलाई राहत मिल्ने बताईन ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ५९ बजे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री