भारतीय सेनाद्वारा चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास « Khabarhub

भारतीय सेनाद्वारा चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय सेनाले चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास गरेको छ । भारतीय सेनाको वायुसेना र स्थलसेनाले चीनको सीमा नजिक पूर्वोत्तर क्षेत्रमा संयुक्त हवाई अभ्यास गरेका हुन् ।

‘पूर्वी आकाश’ नाम दिइएको यो सैन्य अभ्यास इस्टर्न एयर कमाण्ड (ईएसी) ले ३० अक्टोबरदेखि ४ नोभेम्बरसम्म सञ्चालन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यस अभ्यासले इस्टर्न एयर कमाण्डको सैन्य तयारी क्षमतालाई दर्शाएको एएनआईले जनाएको छ ।

यस अभ्यासका क्रममा ‘सुदर्शन’ एस ४०० हवाई प्रतिरक्षा प्रणाली पनि सम्मिलित रहेको एएनआईले जनाएको छ । वायुसेनाको अभ्यासमा अत्याधुनिक प्रविधिको एस ४०० हवाई प्रतिरोधी प्रणाली, रफायल तथा तेजस लडाकु विमानका साथै प्रचण्ड लडाकु हेलिकोप्टर पनि समावेश थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : ३६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी