भारतीय सेनाद्वारा चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास | Khabarhub Khabarhub

भारतीय सेनाद्वारा चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय सेनाले चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास गरेको छ । भारतीय सेनाको वायुसेना र स्थलसेनाले चीनको सीमा नजिक पूर्वोत्तर क्षेत्रमा संयुक्त हवाई अभ्यास गरेका हुन् ।

‘पूर्वी आकाश’ नाम दिइएको यो सैन्य अभ्यास इस्टर्न एयर कमाण्ड (ईएसी) ले ३० अक्टोबरदेखि ४ नोभेम्बरसम्म सञ्चालन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यस अभ्यासले इस्टर्न एयर कमाण्डको सैन्य तयारी क्षमतालाई दर्शाएको एएनआईले जनाएको छ ।

यस अभ्यासका क्रममा ‘सुदर्शन’ एस ४०० हवाई प्रतिरक्षा प्रणाली पनि सम्मिलित रहेको एएनआईले जनाएको छ । वायुसेनाको अभ्यासमा अत्याधुनिक प्रविधिको एस ४०० हवाई प्रतिरोधी प्रणाली, रफायल तथा तेजस लडाकु विमानका साथै प्रचण्ड लडाकु हेलिकोप्टर पनि समावेश थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : ३६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग