फाइल फोटो

राजनीति

देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : झलनाथ खनाल

By खबरहब

November 11, 2023

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले सांस्कृतिक पर्वले नेपाल र नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने बताउँदै सामाजिक सद्भाव अभिवृद्धिमा चाडपर्वको बेग्लै महत्व भएको विचार व्यक्त गरेका छन् ।

तिहारको अवसर पारेर समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता खनालले देशको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर हरेक नागरिकले काम गर्नुपर्नेमा जोड दिए ।

धार्मिक–सामाजिक सद्भाव बिथोल्न खोज्नेविरुद्ध एकताबद्ध भएर लड्नुपर्ने बताउँदै नेता खनालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गरे। देशको आर्थिक विकासका निम्ति कृषि र पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको उनले बताए ।