रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग | Khabarhub Khabarhub

रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम – रुकुम पश्चिमका भूकम्पपीडितका लागि एकै दिनमा दुई हजार छ सय ३२ थान त्रिपाल प्राप्त भएका छन् । जिल्लाको चौरजहारी र मुसीकोट नगरपालिकाको सल्ले विमानस्थलमा ती त्रिपाल प्राप्त भएका हुन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको सक्रियतामा त्रिपाल ल्याइएको हो ।

मन्त्री खड्काको अगुवाइमा थप चार सय ४० थान त्रिपाल जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

जिल्लामा एक चरणको त्रिपाललगायत खाद्यान्न सामग्री पुगिसकिएकाले अब भूकम्पपीडितका लागि अस्थायी संरचना बनाउनतर्फ ध्यान दिन जिल्ला विपद् व्यस्थापन समितिलाई मन्त्री खड्काले आग्रह गरेका छन्। पूर्ण क्षति भएका र आंशिक क्षति भएका घरपरिवारलाई एकै चरणमा रकम उपलब्ध गराएर शीघ्र पुनःस्थापनामा लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

आज चौरजहारी नगरपलिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिकामा पाँच–पाँच सय, बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र त्रिवेणी गाउँपालिकामा चार सय त्रिपाल पठाइएको छ । बाँकी त्रिपाल प्रभावित क्षेत्रमा भोलि पठाइने प्रमुख जिल्ला अधिकारीले राससलाई जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १० : २५ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक