विश्वकपमा पाकिस्तानविरुद्ध इंग्ल्यान्ड विजयी « Khabarhub

विश्वकपमा पाकिस्तानविरुद्ध इंग्ल्यान्ड विजयी


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

कोलकाता — आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको छ । पराजित भएसँगै पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको छ । प्रतियोगितमा पाकिस्तान आठ अंक जोड्दै पाँचौ स्थानमा सीमित रह्यो ।

३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २४४ रनमा अलआउट भयो। पाकिस्तानका लागि अघा सलमानले ५१ रन बनाए । इंग्लिस बलर डेविड वेलीले तीन विकेट लिए ।

शनिबार कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३३७ रन जोड्यो। इंग्ल्यान्डका लागि वेन स्कोक्सले ८४ रन, जोए रुटले ६० रन र जोनी बार्यस्टोले ५९ रन बनाए । पाकिस्तानका हरिस रउफले ३ विकेट लिए । भने शाहीन शाह अफ्रिदी र मोहमद वासीमले २/२ विकेट हात पारे।

अब सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको न्युजिल्यान्ड र दोस्रो स्थानको दक्षिण अफ्रिका र तेस्रो स्थानको अस्ट्रेलियाले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १० : ३७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया