विश्वकपमा पाकिस्तानविरुद्ध इंग्ल्यान्ड विजयी | Khabarhub Khabarhub

विश्वकपमा पाकिस्तानविरुद्ध इंग्ल्यान्ड विजयी


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

कोलकाता — आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको छ । पराजित भएसँगै पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको छ । प्रतियोगितमा पाकिस्तान आठ अंक जोड्दै पाँचौ स्थानमा सीमित रह्यो ।

३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २४४ रनमा अलआउट भयो। पाकिस्तानका लागि अघा सलमानले ५१ रन बनाए । इंग्लिस बलर डेविड वेलीले तीन विकेट लिए ।

शनिबार कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३३७ रन जोड्यो। इंग्ल्यान्डका लागि वेन स्कोक्सले ८४ रन, जोए रुटले ६० रन र जोनी बार्यस्टोले ५९ रन बनाए । पाकिस्तानका हरिस रउफले ३ विकेट लिए । भने शाहीन शाह अफ्रिदी र मोहमद वासीमले २/२ विकेट हात पारे।

अब सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको न्युजिल्यान्ड र दोस्रो स्थानको दक्षिण अफ्रिका र तेस्रो स्थानको अस्ट्रेलियाले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १० : ३७ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून