यू-१९ एसिया कपः आज दुई खेल हुँदै, नेपाल र भारतको प्रतिस्पर्धा भोलि « Khabarhub

यू-१९ एसिया कपः आज दुई खेल हुँदै, नेपाल र भारतको प्रतिस्पर्धा भोलि


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारदेखि सुरु भएको एसिसी यू–१९ एसिया कप अन्तर्गत सोमबार दुई खेल हुँदैछन्। संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगितामा आज समूह ‘बी’ अन्तर्गतका दुई खेल हुन लागेका हुन्।

पहिलो खेलमा युएईले श्रीलंकाको युवा टिमको सामना गर्नेछ भने दोस्रो खेलमा जापानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुँदैछन्। समूह ‘बी’मा श्रीलंका र बंगलादेशले पहिलो खेलमा जित निकाल्दै दुईदुई अंक जोडेका छन् भने जापान र युएई अंकबिहीन छन्।

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले दुईदुई खेल खेलिसकेका छन्। पाकिस्तानले दुवै खेलमा जित निकाल्दै चार अंक जोडेको छ भने भारत र अफगानिस्तानले दुई दुई अंक जोडेका छन्। समूह ‘ए’मा नेपाल भने अंकबिहीन छ। पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो। तेस्रो खेलमा नेपालले मंगलबार भारतको सामना गर्दैछ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल हुँदैछ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : १० बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा