किन छरिन्छ शतबीज ?  « Khabarhub

किन छरिन्छ शतबीज ? 


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

मार्ग कृष्ण त्रयोदशीको रात पितृका नाममा दीप दान गरेर बालाचतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ ।

काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।

रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् भोलिपल्ट बिहान शतबीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ  ।

अकालमा मृत्यु भएका र राम्रोसँग मृत्युकर्म गर्न नसकिएका पितृहरूको लागि सम्पन्न गर्नुपर्ने नियम पुरा गर्न नसकेमा मंसिर कृष्ण त्रयोदशीका दिन रात भर जाग्राम बसेर मृतकको  नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने विश्वास छ ।

शतबीज छर्ने क्रममा ७ अन्नहरूको प्रयोग गरिन्छ । यसमा धान, गहुँ, मास, मुगी, कागुनो र सामाको बिउलगायत पर्छन् । यसका साथै  ठाउँ अनुसार सुन्तला अम्बा, सखरखण्ड, स्याउ, उखु, केरा र चनाको पनि प्रयोग गरिन्छ ।

यो पर्व शक्तिपीठ पुग्न नसकेकाहरूले घरमै बसेर पनि मनाउने गर्छन् । यसरी विधिपूर्वक पूजा गरी रातभरि जागा बसेर पूजा गरेको सो दीपलाई दुना या टपरीमा राखेर माथिबाट ज्वाला निस्कने ठाउँ दिएर अर्को दुना, टपरी या बोहोताले छोपेर खोलामा बगाउने चलन छ ।

किंवदन्ती यस्तो छ
किंवदन्तीअनुसार प्राचीन कालमा एक बाला नामका असुर थिए । जो आर्यघाटमा बसेर मृतकको आफन्तलाई तर्साउने र शव चोरेर खाइदिने गर्थे ।

आर्यघाटमा लगेका शवहरू कुनै पनि पूरा जल्नै नदिने गर्थे । उनको यो कुरा थाहा पाएर त्यहाँका राजाले आफ्ना एक सिपाही (ब्रिस) लाई उनको हत्या गर्न निर्देशन दिए ।

ब्रिस बालाका निकटका हितैषी थिए र हत्या गर्न सकेनन् र शिवको आराधना गर्न थाले । उनको आराधनाबाट खुसी भएर भगवान शिवले बालालाई असुर जुनीबाट मुक्त गराउनका लागि बालाको नाममा शतबीज छरेर आफ्नो साथीलाई मुक्त गराउन आज्ञा दिए । सोहीअनुरूप अहिले पनि आफ्ना मृतकको आत्माको शान्तिका लागि शतबीज छर्ने गरिन्छ । 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : ३५ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली