एनसेल घोटाला प्रकरणमा प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीका परिवारको संलग्नता « Khabarhub

एनसेल घोटाला प्रकरणमा प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीका परिवारको संलग्नता


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा झाँगिएर गएको भ्रष्टाचार नै लोकतन्त्र संस्थागत गर्ने मार्गमा प्रमुख वाधक भएको धारणा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले व्यक्त गरिन्।

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा २०८० मंसिर २४ गते मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौ‌ंमा सम्पन्न लोकतन्त्रको प्राण: सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै कार्कीले ठूलो सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको र विकल्प खोज्न पनि नहुनेमा जोड दिँदै भ्रष्ट नेताहरू कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएकी हुन् ।

कार्यक्रममा बोल्दै सांसद डा. अमरेशकुमार सिंहले एनसेल घोटाला प्रकरणमा वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीका परिवारका सदस्यहरू र विभिन्न व्यक्ति र निकायहरूको संलग्नता र मिलेमतोबारे विस्तृत प्रकाश पारेका थिए । यस्तै पूर्व का.वा.महालेखा परीक्षक सुकदेव खत्री भटट्राईले एनसेल घोटाला प्रकरणमा राज्यका निकायहरूको बदमासीबारे चर्चा गरेका थिए । प्राध्यापक डा. लोकराज बरालले लोकतन्त्रको स्थायित्वबारे प्रकाश पारेका थिए ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले भ्रष्टाचार/घोटालामध्ये पनि एनसेल प्रकरण महाघोटाला भएको बताउँदै दोषीहरूलाई दण्डित गर्न देशव्यापी अभियान जारी रहने बताए ।

समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न नागरिक संवाद कार्यक्रममा महासचिव रेनुका पौडेलले समाजद्वारा तयार गरिएको अवधारणा पत्र प्रस्तुत गरेकी थिइन् भने सचिव चन्द्रमणी बञ्जाराले शान्ति समाजद्वारा २०८० मंसिर १६ गतेदेखि २० गतेसम्म लोकतन्त्रको प्राण: सुशासन र सद्भाव शीर्षकमा ९ जिल्लामा आयोजित नागरिक संवाद कार्यक्रमबाट सर्वसम्मतिले जारी भएको नौ वटा नागरिक सङ्कल्प प्रस्तुत गरेकी थिइन् ।

कवि अर्जुन पराजुलीले भ्रष्टाचार विरुद्ध कविता प्रस्तुत गर्नुभएको कार्यक्रममा नागरिक अगुवाहरू डा. केदारनरसिंह केसी, श्याम श्रेष्ठ, विजयकान्त कर्ण, श्रीकृष्ण अनिरुद्र गौतम, होमकान्त चौलागाई, पत्रकार कृष्णमुरारी पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसै गरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बरका सन्दर्भमा एनसेल महाघोटाला प्रकरणमा संलग्नहरूलाई दण्डित गर्नुपर्ने मागसहित शान्ति समाजका चितवन, रुपन्देही, पाल्पा, सुर्खेत, लगायत शाखाहरूले प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ११ : ४८ बजे

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा