एनसेल शेयर खरिदबिक्रीविरुद्ध रिटको सुनुवाइ न्यायाधीश शर्माको इजलासमा | Khabarhub Khabarhub

एनसेल शेयर खरिदबिक्रीविरुद्ध रिटको सुनुवाइ न्यायाधीश शर्माको इजलासमा


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ ।

सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटमा हिजो न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेको थियो ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानिनोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । निवेदनमा शेयर खरिदबिक्रीलाई मान्यता नदिन पनि माग गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको छ।

 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १ : ०५ बजे

श्रीलंकामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण

काठमाडौं– श्रीलंकाको कोलम्बोस्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिषद्मा

मङ्सिर १५ मा ‘टुर दी बाँके नेशनल पार्क’ को आयोजना

जानकी – राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले

कर्मचारी कार्यालय पुगेपछि सार्वजनिक बिदा : दमननाथलाई सम्मान कि अपमान ?

काठमाडौं– गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण

मृतकका परिवारसँग सहमति, झाँक्री भुजेलले ५२ लाख दिने 

काठमाडौं– झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ

‘नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्व छ’

बाकु– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण