अप्पर अरुणको पहुँचमार्गका लागि दुई हजार रूख काटिने « Khabarhub

अप्पर अरुणको पहुँचमार्गका लागि दुई हजार रूख काटिने


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रूख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रुख काट्न अनुमति दिइएको हो । 

पहुँचमार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन तथा भोटखोला–२ मा पारिपाखामाक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको करिब २१ दशमलव शून्य आठ हेक्टर क्षेत्रफलका दुई हजार एक सय ६८ रुख काट्न अनुमति दिइएको डिभिजन वन कार्यालयका प्रमुख भीम कालीकोटेले जानकारी दिए।

आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था रहेको उनले बताएका छन् । योसँगै आयोजनाका लागि पहुँचमार्ग बनाउने प्रक्रिया थालिएको उनको भनाइ थियो ।

प्राधिकरणले दुई दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ । 

पहुँचमार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ । अप्पर अरुण आयोजनाका प्रभावित क्षेत्रका लागि रू दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको छ । 

जलविद्युत् आयोजनाको अनुमानित लागत रू दुई खर्ब २६ करोड बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइने आयोजना कार्यालयले जनाएको छ । 

जलविद्युत आयोजनाका लागि १४ हजार रूख कटान 

जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायत विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । नौ सय मेगावाटको अरुण तेस्रो र दुई सय २० मेगावाटको कोसी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त सङ्ख्यामा रूख काटिएका हुन् । अरुण तेस्रो र कोसी करिडोर प्रसारण लाइनका लागि जिल्लामा १८ सामुदायिक वनका १४ हजार छ सय २७ रुख कटान गरिएको डिभिजन वन कार्यालयका प्रमुख कालीकोटेले जानकारी दिएका छन्।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ४ : ०६ बजे

विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर)

काठमाडौँ– आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण,

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको

युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ?

काठमाडौँ – आज युरोपमा सन् १९९९ पछिको पहिलो दुर्लभ खग्रास

इरान युद्धमा ट्रम्पको स्वार्थ : क्षेप्यास्त्रको जोखिमपछि ‘विमान परिवर्तन’ को रहस्य सार्वजनिक

वासिङ्टन– “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ ।

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन