वातावरण जोगाउन सिसाको घरदेखि अर्गानिक खेतीसम्म | Khabarhub Khabarhub

वातावरण जोगाउन सिसाको घरदेखि अर्गानिक खेतीसम्म


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपत्यका भन्नासाथ धुलो, धुवाँ, प्रदूषणका विषयले अत्यधिक चर्चा पाउने गर्छ । तर तपाईं यहाँबाट २० किलोमिटरको दूरीमा दक्षिणकाली नगरपालिका वडा नम्बर ५ शिखरापुर जानुभयो भने वातावरण जोगाउन गरिएका आकर्षक प्रयासले मन्त्रमुग्ध बनाउने छ ।

प्रयोगमा आइसकेका बस्तुबाट वातावरण जोगाउन गरिएका स्थानीय समुदायका प्रयास अनुकरणयोग्य छन् । सिखरापुर कम्युनिटी लर्नि‌ंग सेन्टरले गरेका यी कामबाट स्थानीय जनता लाभान्वित मात्र भएका छैनन्, यसबाट उनीहरूको दैनिक जीवनमा सुधार ल्याउने प्रयास प्रभावकारी देखिएको छ ।

आइतबार शिखरापुरबासीको नयाँ प्रयासबारे अवलोकन गर्न काठमाडौंबाट एक टोली त्यहाँ पुगेको थियो। अमेरिकी दूतावासको सहयोगमा सञ्चालित क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क परियोजना अन्तर्गतको नेपाल टिमले शिखरापुरको अवलोकन गरेको हो । यो अवलोकन भ्रमण इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) को नेतृत्व र नेपाल-युएस आलुमनाई नेटवर्कको सहयोगमा गरिएको हो ।  

‘क्लाइमेट एक्सन क्याम्पेन नेटवर्क’ ले नेपाल, भारत, बङलादेश, भुटान र श्रीलङ्का गरेर पाँच देशमा कार्यक्रम गरिरहेको छ । यस परियोजनाले  जलवायु परिवर्तनका लागि कार्यक्रम गरिरहेको छ ।

शिखरापुर सामुदायिक सिकाइ केन्द्रले स्थानीय तहमा भएका कामको नेतृत्व लिएको छ । आफूले गरेका कामको जानकारी दिन स्थलगत अन्तरक्रियाका वक्ताहरुले जलवायुले पारेका बहुआयामिक प्रभाव, स्थानीय स्रोत साधन उपयोग गरी त्यसको निराकरण खोज्ने विषयमा धारणा राखे । पुन:प्रयोग नहुने वस्तुबाट सीप विकास गरी स्थानीयको जीवनस्तर माथि उठाउनुपर्ने धारणामा विज्ञहरूको एकमत थियो ।

यही अवधारणा अन्तर्गतको अनौठो काम हो– मदिराका रित्तो बोतलबाट निर्मित घर । यो घर यसक्षेत्रकै लागि अनुपम रहेको केन्द्रका निर्देशक निरज श्रेष्ठ बताउँछन् । माटो, बालुवा र पराल मिश्रण गरी बनाइएको सिसा गर भूकम्प प्रतिरोधी र वातावरणमैत्री रहेको दावी श्रेष्ठको छ । उनका अनुसार बोतलबाट बनाइएका यी घरले आन्तरिक पर्यटकलाई तान्ने गरेका छन् । 

उनी थप्छन् ‘यसखाले प्रविधिबाट एक तलाको भूकम्प प्रतिरोधात्मक घर बनाउन सकिन्छ ।’ लगानी थोरैमा बलियो घर बनाउन सकिने सन्देश अन्यत्र पुग्न जरुरी छ । प्रयोगमा नआउने बोतलका घर बनाउँदा पर्यावरणमा पर्ने असर कम गर्न सकिने उनको तर्क छ । त्यसैगरी, इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) निर्देशक नरेश श्रेष्ठले समाजका लागि काम गर्नेलाई सरकारले प्रोत्साहन नगरेको गुनासो गरेका छन् ।

शिखरापुर सामुदायिक सिकाइ केन्द्रले गरेको कार्यको प्रशंसा गर्दै उनले भनेका छन्, ‘सिकाइ, सहकार्य र पारदर्शितामा रहेर यस केन्द्रले सामाजिक कार्य गरेको छ । तर सबै अन्तर्राष्ट्रिय सहयोगले सञ्चालन भएको सुन्दा दुःख लाग्यो  । ’
यस्ता काम अन्तर्राष्ट्रिय दातृ संस्थाबाट मात्रै चल्नु राम्रो होइन ।  राम्रो कार्यको लागि सरकारको साथ र सहयोग हुनुपर्ने उनको माग थियो । सरकार कहाँ के हेरेर बसिररहेको छ ? भनेर उनले प्रश्न समेत गरेका छन् ।  

त्यस्तै उनले नेपालमा जलवायु परिवर्तनको विषयमा अत्यन्त सामान्य मात्र ज्ञान भएको बताए। यसले कृषि क्षेत्रमा के-कस्तो असर गरेको छ धेरैलाई थाहा छैन । ‘स्काभेटर ड्राइभरले इन्जिनियरको काम गर्दा पहिरो गएको छ ।

उचित विज्ञको अभाव छ ।’ नकरात्मक कुरा गर्न सजिलो छ । तर काम गर्न गाह्रो छ । एक ढिक्का भएर सरकारलाई झक्झक्याउनु सबैको दायित्व भएको उनको भनाइ छ । साथै, उनले यो अन्तरक्रिया र अवलोकनले जलवायु परिवर्तनका लागि काममा सहयोग पुग्ने अपेक्षा राखेका छन् ।

अवलोकनका लागि आएका केयर अपरचुनिटीका प्रतिनिधि समय खड्काले जलवायु परिवर्तनका लागि केन्द्रले गरेको प्रयास प्रशंसनीय रहेको बताए । उनी भन्छन्, ‘ जलवायु परिवर्तनको विषय धेरैलाई बुझाउन सकिएको छैन ।

जलवायु परिवर्तन कसरी देखिन्छ । यो विषय सैद्धान्तिक रुपमा पढेर मात्रै थाहा हुँदैन, अभ्यास गर्नुपर्छ । विद्यालयमा क्लबहरू राखेर सिकाउने प्रयास हुन जरुरी छ ।’ ‘विद्यार्थीलाई सोध्ने हो भने डाक्टर, इन्जिनियर बन्ने लक्ष्य सुनिन्छ तर जलवायु परिवर्तनको सवालमा काम गर्छु भन्ने भेटिदैनन्’ उनले भने ।

यो क्षेत्रमा काम गर्नेको भविष्य सुरक्षित छ । अब विद्यार्थीलाई कसरी सुरक्षित छ भनेर यो क्षेत्रको विषयमा बुझाउने प्रयास आफूहरूले थालेको उनको भनाइ छ । ग्रीनक्लिनका निर्देशक स्यामुअल न्यौपाने हरेकले आफ्नो क्षेत्रबाट जलवायु परिवर्तनका लागि काम गर्नुपर्ने बताउँछन् ।

आफूहरूले धनगढीमा ‘वान स्कुल, वान इको क्लब’ मार्फत विद्यार्थीहरुलाई विभिन्न कार्यक्रहरुमा सहभागी बनाएर काम गरिरहेको बताए । त्यसले विद्यार्थी स्वयंलाई वातावरण संरक्षणको लागि काम गर्न  तत्परता जगाउने उनको विश्वास छ ।

‘विद्यालयमा वातावरण सम्बन्धी कार्यक्रम गर्ने, वार्षिक रुपमा अवार्ड दिने गरेका छौ विद्यालयलाई नगरपालिकासँग समन्वय गरेर प्लास्टिकमुक्त शहर बनाइएको छ ।’ उनी आफैं इसाई धर्मावलम्बी भएपनि क्रिसमस ट्रीको उपयोग नगर्ने पक्षमा देखिएका छन् । खादाको साटो फूलको प्रयोग गर्दा वातावरण अनुकूल हुने मात्र होइन, कृषकलाई सहयोग हुन उनको विश्लेषण छ । 

त्यस्तै, सीएलसीका अध्यक्ष,श्याम के.सीले देश विकासको लागि सबैभन्दा पहिले समाजमा विद्यमान सबै वर्गका मानिसको आर्थिक, समाजिक र चेतनाको विकास हुनुपर्नेमा जोड दिए । त्यसअनुरुप आफ्नो संस्था सीएलसीले शिक्षा, सूचना , स्वास्थ्य र न्यायको पहुँचबाट बाहिर रहेकाहरूका लागि काम गरिरहेको बताए ।

आईएसएसआरका अनुसन्धान अधिकृत सञ्जु ढकाल मानव जीवनको मुख्य स्रोत हावा, माटो र पानी भएकाले यसको संरक्षणमा जुट्नु कर्तव्य भएको बताउँछिन् । उनले अर्को पुस्तालाई सुन्दर र स्वस्थ दिन कर्तव्य भएकाले यस विषयमा सबैको सहकार्य आवश्यक रहेको बताइन् । 

कार्यक्रममा विभिन्न संस्थाबाट सहभागिले जलवायु परिवर्तनका लागि आफूहरूले गरेको काम, अनुभव र भावी योजना सुनाएका थिए । केन्द्रले कृषकलाई अर्गानिक खेतीतर्फ प्रोत्साहित गर्न विभिन्न तालिम दिएको छ । यसका लागि उद्यमशील समूहहरू बनाइएका छन् । कृषि क्षेत्रका समस्या समाधान गर्ने, सामाग्रीको मर्मत सम्भार, गहुँत र गोबर टेष्ट गरेर ल्याबको विकास गर्ने, रैथाने बिउबिजन संकलन गर्ने र कृषि फार्म बनाउने जस्ता काम भइरहेका छन् ।  

त्यसैगरी महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन शिक्षामा जोड दिइएको छ । सामुदायिक क्याम्पसमार्फत छोरी–बुहारी उच्च शिक्षाबाट वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यले खुला विद्यालय सञ्चालनमा ल्याइएको छ । बीचमा पढाइ छोडेका वा आर्थिक अभावले पढाइलाई निरन्तरता दिन नसकेकाहरूले पढ्न पाएका छन् । त्यतिमात्र हैन, त्यहीँबाट शिक्षा लिएकाहरू अहिले अरुलाई पढाउन सक्ने भएका छन् । 

पढाइका साथै उनीहरूलाई आत्मनिर्भर हुन सीप विकासका तालिमसमेत उपलब्ध गराएको छ । केन्द्रले २०७३ सालदेखि स्थानीय स्तरमा निरन्तर क्रियाशील रहेको जनाइएको छ । 

अवलोकन भ्रमणका केही तस्विरहरु-

 

 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ४ : ३७ बजे

ओलीलाई शीतल निवासमै बधाई र शुभकामना (तस्बिरहरू)

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज

हत्या गर्ने अभिप्रायले आक्रमण गरिएको थियो : पूर्वराष्ट्रपति ट्रम्प

वासिङ्टन- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको

अर्थमन्त्री बने एमालेका विष्णु पौडेल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका

ट्राफिक प्रहरीद्वारा बागलुङमा एक करोड बीस लाख राजस्व संकलन 

ढोरपाटन– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड

पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै

पर्वत– सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए