दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा घर भई हाल काठमाडौंकाे बाफल बस्ने  ३४ वर्षीय लक्ष्मण श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले विवेक पाठकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति दुई लाख ४० हजार रुपैयाँ लाग्छ र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र मासिक ५० हजार रुपैयाँ  तलब हुन्छ भनी एक लाख ९५ हजार रुपैयाँ लिई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आइबार पक्राउ गरेको हो ।

उनलाई बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ४ : ३१ बजे

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,