शैजला आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्न मुख्यमन्त्री कार्कीको निर्देशन « Khabarhub

शैजला आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्न मुख्यमन्त्री कार्कीको निर्देशन


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी एक महिनाभित्र शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्न निर्देशन दिएका छन् ।

 स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले आज मन्त्रालयका कर्मचारीसँगको छलफलमा विराटनगर-१० रहेको केन्द्र आगामी एक महिनाभित्र सञ्चालन हुने गरी काममा कुनै किसिमको ढिलासुस्ती नगरी लाग्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले स्वास्थ्य केन्द्र तथा मन्त्रालयका काम नागरिकको जीवनसँग जोडिएको विषय भएकाले कर्मचारीले विशेष गरी स्वास्थ्य सुरक्षाप्रति संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिए। “मन्त्रालयअन्तर्गत कुनै नयाँ अनुसन्धान गर्नुपर्ने आवश्यक भएमा नागरिकप्रति उत्तरदायी भएर गर्नुपर्छ’, उनले भने, ‘दुगर्म तथा ग्रामीण क्षेत्रमा सेवा प्रभावमा कुनै कमी हुनुहुँदैन ।’

रकम अभावमा नागरिक उपचारविहीन अवस्था भएर मृत्यु हुन नदिने उद्देश्यले सबैले काम गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिएका छन् । छलफलका क्रममा ओखलढुङ्गाका साथै अन्य एक अस्पतालमा आगामी १५ दिनभित्र विशेषज्ञसहित उपचार सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न उनले कर्मचारीलाई निर्देशन दिए।

मन्त्रालयकी सचिव डा सुधा देवकोटाले मन्त्रालयअन्तर्गतका कार्यालयमा समन्वयको अभाव रहेकाले सोको व्यवस्था गर्न मुख्यमन्त्री समक्ष आग्रह गरेका छन् ।

मन्त्रालयअन्तर्गतका प्रदेश आपूर्ति व्यवस्था, स्वास्थ्य कार्यालय, प्रदेश प्रयोगशालालगायत कार्यालयका प्रमुख एवं कर्मचारीले आ–आफ्नो कार्यालयले प्रदान गर्ने सेवाका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ५ : ०२ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको