राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल : महासचिव गुरुङ « Khabarhub

राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल : महासचिव गुरुङ


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताएका छन् । 

आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको सञ्चार संवादमा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले यसैगरी अगाडि बढ्दै देशलाई समाजवादतर्फ अगाडि बढाउनुपर्नेमा जोड दिए । 

महासचिव गुरुङले भने, ‘देश सफल रुपमा अगाडि बढिरहँदा धार्मिक राज्य स्थापना गर्नेदेखि समाप्त भइसकेको सामन्तवादको ‘मुद्दा’ लिएर केही तत्व अस्थिरता र अराजकता फैलाइरहेका छन्, यसले देशलाई कमजोर बनाएर बाह्य हस्तक्षेप बढाएर सधैँ अस्थिरता कायम गर्न खोजिरहेका छन्, यसतर्फ सचेत हुनुपर्छ ।’

मुलुकबाट भ्रष्टाचार, तस्करी, कमिसनतन्त्रको अन्त्य गर्दै सुशासन कायम गर्ने विषयमा गठबन्धन सरकारले नीति नै बनाएर अगाडि बढेको उनको दाबी थियो । सोही कारणले पछिल्लो समय धमाधम सुन तस्करी पक्राउ पर्न थालेको उनको भनाइ छ । 

महासचिव गुरुङले एनसेल शेयर खरिदबिक्री प्रकरणमा छानबिन गर्न सरकारले समिति नै गठन गरेको भन्दै दोषी उपर कारबाही भएरै छाड्ने दाबी गरे । सरकारले आफ्ना कमीकमजोरीलाई सुधार गर्दै जनपक्षीय काममा अगाडि बढेर अराजक तत्वलाई विस्थापित गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले गणतन्त्रको स्थायित्वदेखि मुलुकको समग्र समस्या समाधानका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए।

आवश्यकताअनुसार देशको व्यवस्था र प्रणालीलाई सुधार्दै लैजानुपर्नेमा जोड दिँदै व्यवस्था नै परिवर्तन गर्छु भन्ने अराजक तत्व असफल हुने बताए । 

कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणलाई मूर्तरूप दिन छलफल चलिरहेको बताउँदै महासचिव गुरुङले समाजवादी मोर्चालाई अगाडि बढाउने र मोर्चाभन्दा बाहिर रहेकालाई समेटेर संयोजन समिति बनाएर एकीकरण अगाडि बढाइने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : ३६ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह