प्रथम एन्फा प्रेसिडेन्ट कपको तयारी अन्तिम चरणमा « Khabarhub

प्रथम एन्फा प्रेसिडेन्ट कपको तयारी अन्तिम चरणमा


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

धरान – धरानमा हुने प्रथम एन्फा प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा यही मङ्सिर २७ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ । प्रतियिगिताको फाइनल खेल आगामी पुस ६ गते हुने आयोजक सङ्घले जनाएको छ । धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरिका १० टिमको सहभागिता रहने आयोजक कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए ।

धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले भने, ‘कोशी प्रदेश फुटबल सङ्घले सुरु गरेको प्रथम प्रेसिडेन्ट कप यु–१५ फुटबल प्रतियोगितालाई भविष्यको वल्र्ड कपको तयारीका रुपमा अघि सारेका छौँ । हामीले भन्नै पर्ने भो कि अहिलेदेखि नै तयारी नगरे कहिले वल्र्डकपमा पुग्ने त ?’

उनले पछिल्लो समयमा कोशी प्रदेशमा सङ्घको वर्तमान कार्यसमिति आइसकेपछि चार खेलकुदका गतिविधि गर्दा अन्य प्रदेश र जिल्लामा फुटबलका गतिविधि शून्य रहेको बताए। प्रतियोगिता सञ्चालन गर्नुका उद्देश्यबारे जानकारी दिँदै उनले यु–१५ प्रेसिडेन्ट कप हेर्दा सानो र बजेट पनि थोरै भए पनि यसको उद्देश्य ठूलो भएको बताए ।

नेपाली फुटबलको विकासका लागि निरन्तररुपमा खेलाडी उत्पादन गर्दै नेशनल टिमलाई बाह्रमास नै ट्रेनिङमा राख्नुपर्ने र क्लोज क्याम्पमा राखेर विभिन्न लिग सञ्चालन गर्न जरुरी रहेको आयोजक समितिले जनाएको छ ।

सङ्घले सञ्चालन गर्ने प्रतियोगितामा धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यू स्टार फुटबल क्लब बराह क्षेत्र, मोरङको उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद रु ५० हजारसहित ट्रफी हात पार्नेछ भने उपविजेताले नगद रु २५ हजार प्राप्त गर्नेछ । यसैगरी विभिन्न विधामा पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : १२ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको