धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित « Khabarhub

धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

मोरङ – अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ । मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ ।

कोशी प्रदेशमा यसपटक रु १३ लाख ८२ हजार एक सय ३७ मेट्रिकटन उत्पादन भएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयले जनाएको छ । गतवर्ष यस प्रदेशमा १२ लाख ९८ हजार आठ ५५ मेट्रिकटन धान उत्पादन भएको थियो । गतवर्ष भन्दा यस वर्ष ८३ हजार दुई सय ८२ मेट्रिकटन धान उत्पादनमा वृद्धि भएको निर्देशनालयले जनाएको छ ।

मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा रोपाइँ भएकोमा छुटफुट अवस्थामा रहेको वास्मती प्रजातिको धानबाहेक काटिसकिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । मोरङमा गत वर्षप्रति हेक्टर चार दशमलव आठ मेट्रिकटन धान उत्पादन भएकोमा यसपटक प्रति हेक्टर पाँच मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताए । प्रमुख सिंहले मोरङमा यस पटक चार लाख १६ हजार पाँच सय मेट्रिकटन धान उत्पादन भएको बताए ।

मोरङको पथरी शनिश्चरे-५ का किसान धान थन्काउदै ।

नेपाल सरकारले मोटो धानको मूल्यप्रति क्वीन्टल रु तीन हजार एक सय ९२ र मध्यम धानको मूल्य रु तीन हजार तीन सय ६२ निर्धारण गरेता पनि मूल्यप्रति क्वीन्टल रु तीन हजार तीन सय र मध्यम धानको मूल्य रु तीन हजार पाँच सय सम्ममा स्थानीय बजारमा कारोवार भइरहेको बेलबारी ११ लक्ष्मीमार्गका किसान रमेश दाहालले जानकारी दिए । विगतका वर्षमा भन्दा यसपटक धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित भएको बताए । मोरङमा धेरैजसो रन्जीत धान, राम धान, विवि एघार, स्वार्ण लगायतको धान लगाउने गरेको कृषि ज्ञान केन्द्र बिराटनगरले जनाएको छ ।

कोशी प्रदेशमा धान उत्पादन हुने जमिन तीन लाख ४० हजार ८२९ हेक्टर रहेको छ । कोशी प्रदेशको उच्च पहाडी जिल्ला सङ्खुवासभा र मध्यपहाडी जिल्ला भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङमा भने गत वर्षभन्दा धान उत्पादन घटेको र यस्तै उच्च पहाडी जिल्ला ताप्लेजुङ, सोलुखुम्बु तथा मध्यपहाडी जिल्लाको पाँचथर र इलाममा भने धान उत्पादन बढेको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : २१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले