चीनमा सञ्चालित होण्डाको कारखानाबाट ९ सय कामदार बर्खास्त | Khabarhub Khabarhub

चीनमा सञ्चालित होण्डाको कारखानाबाट ९ सय कामदार बर्खास्त


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा सञ्चालित जापानी कम्पनी होण्डाको कारखानाले ९ सय कामदारलाई बर्खास्त गरिदिएको छ । पछिल्लो समय विद्युतीय सवारीको उत्पादन बढिरहेको अवस्थामा होण्डाले चिनियाँ कारखानाका ९ सय कामदारलाई बर्खास्त गरेको हो ।

चिनियाँ कम्पनी गुवाङ्झोउ अटोमोबाइल ग्रुपसँग मिलेर होण्डाले चीनमा खोलेको कारखानाबाट ती कामदारलाई बर्खास्त गरिएको हो ।

पछिल्लो समय आफ्नो कारखानाबाट उत्पादन पनि घट्दै गएकाले सोहीअनुसार कामदार पनि कटौती गरिएको होण्डालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उक्त कारखानामा १३ हजार कामदार कार्यरत रहेको रोयटर्सले जनाएको छ । यद्यपि कुन विभागका कामदार कटौती गरिएको हो भन्नेबारे कम्पनीले केही जानकारी दिएको छैन । टोयोटापछि जापानको सबैभन्दा ठूलो कार निर्माता होण्डाले चिनियाँ बजारमा अपेक्षाअनुसार कमाइ गर्न सकेको छैन ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ०९ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन