रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा « Khabarhub

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा


२८ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियल मड्रिड क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल उपाधि नजिक पुगेको हो। पछिल्लो पाँच सिजनमा रियलले तीनपटक सुपर कपको उपाधि जितेको छ।

निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो। ३९औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलमा रियलले अग्रता लिएको थियो। ४१औं मिनेटमा स्यामियोल लिनोले भ्यालेन्सिया खेलमा फर्काएका थिए।

पेनाल्टी सुटआउटमा रियलका बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुज र मार्को एसेन्सियोले गोल गरे। भ्यालेन्सियाका इडसन काभानी, ह्युगो गुइलामोन र मोरिबाले मात्र गोल गरे।

फाइनलमा रियलले स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलाना र रियल बेटिसको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ९ : ५३ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको