तरकारी खेतीबाट मनग्य आम्दानी « Khabarhub

तरकारी खेतीबाट मनग्य आम्दानी


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे। उमेरले बुढ्यौली लागे पनि उनमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन। सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ३१ वर्ष भयो। उनको तरकारी खेतीप्रतिको लगाव उत्साहप्रद छ।

तरकारी खेतीबाट सापकोटाले लाखौँ रुपैयाँको सम्पत्ति जोडिसकेका छन्। उनले छ भाइबहिनी, छोराछोरी हुर्काउने, पढाउने र विवाहसमेत तरकारी खेतीकै आम्दानीले गरे। बिहानै उनी बागलुङ बजारमा तरकारी बिक्री गर्न आउँछन्। “मसित पुख्र्यौली सम्पत्ति थिएन, वर्षौं अरुको घरमा बसेर काम गरेँ, तरकारी खेतीमा लागेपछि घर सम्पत्ति जोडेँ”, सापकोटाले भने।

पहिला तरकारी खेती गर्ने चलन थिएन। उत्पादन भएको तरकारी पनि बिक्री हुँदैनथ्यो। “अहिले उत्पादन गरेको सबै बिक्री हुन थालेको छ, बजारमा तरकारीको माग बढ्दै गएको छ”, उनले भने। “हातखुट्टा चल्दासम्म तरकारी उत्पादन गर्छु”, उनले भने। रु तीन लाखदेखि रु पाँच लाखसम्म वर्षमा तरकारी बिक्रीबाट कमाइ हुने गरेको सापकोटाको भनाइ छ। तरकारी खेतीले सापकोटा परिवारको जीवनशैलीनै बदलिएको छ। बिहान तरकारी बेच्न बजार पुग्ने र दिउँसो साँझ बारीमा काम गर्ने आफ्नो दैनिकी भएको सापकोटाले बताए।

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले सापकोटालाई समय–समयमा अनुदानसँगै प्राविधिक सहयोग गर्दै आएको बताए। उनलाई नयाँ प्रबिधिसँग जोड्नका लागि तालिम, परामर्श र सुझाव दिँदै आएको पुनको भनाइ छ। कृषि ज्ञान केन्द्रले गत वर्ष उहाँलाई रु दुई लाख अनुदानसमेत दिएको पुनले बताए।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ११ : ४४ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।