पाटेबाघ र गैँडा मृत भेटिए « Khabarhub

पाटेबाघ र गैँडा मृत भेटिए


२८ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेला परेको छ । अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिए । 

यस आर्थिक वर्षमा बाघ मरेको यो पहिलो हो । यस्तै बुधबार नै निकुञ्जको सौराहा क्षेत्रअन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जमा लिङ्ग पहिचान हुन नसकेको गैँडा मृत फेला परेको छ ।

अन्दाजी पाँच वर्षको गैँडा मृत फेला परेको तिवारीले जानकारी दिए । बाघको आक्रमणबाट गैँडा मरेको उनले जानकारी दिए । गैँडाको खाग र खुर सुरक्षित रहेको छ । यससँगै चालु आवमा प्राकृति कारणबाट आठ गैँडा मरेका छन् । यस वर्ष चोरी सिकारीबाट गैँडा मर्न पाएका छैनन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १ : ५४ बजे

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास