चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुग्यो  | Khabarhub Khabarhub

चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुग्यो 


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४-७५ देखि आव २०७७-७८ सम्ममा ३३ शीर्षकमा छ करोड ८६ लाख ४२ हजार आठ सय ७३ रहेको छ । त्यसमा सबैभन्दा बढी बेरुजु आव २०७७-७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको रहेको छ । 

उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्मा दिएका विकासका कामको मात्रै रु एक करोड २८ लाख ८९ हजार आठ सय ६४ को बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । 

नगर प्रमुख खत्रीले भने, ‘विगत पाँच वर्षमा हचुवामा जसरी पायो त्यसरी रकम बाँडेको देखियो, लगेको रकमको काम गरेर फछर्यौट गरेको भए हुन्थ्यो, काम अधूरो बनाउने र कामै नगरेको पाइएकाले त्यस्तो रकम इमान्दारिताका साथ फिर्ता गर्न आह्वान गर्दछु, अन्यथा कानुनअनुसार अगाडि बढ्छौँ ।’

त्यस्तै नगरपालिकाले चालु आव २०७९-८० का लागि पूँजीगततर्फ एक अर्ब ३४ करोड ७१ लाख ४३ हजार नौ सय ५७ र चालुतर्फ ७७ करोड १८ लाख ८२ हजार दुई सय ४३ गरी कूल दुई अर्ब ११ करोड ८९ लाख ८६ हजार दुई सय बजेट विनियोजन गरेकामा यो छ महिनाको अवधिमा कुल बजेटको २३ दशमलव २८ प्रतिशत अर्थात् पुससम्ममा कूल रु ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगर प्रमुख खत्रीले बताए ।

आन्तरिक राजस्वतर्फ रु २६ करोड २६ लाख ३० हजार संकलन गर्ने लक्ष्य राखेकामा यहीँ पुससम्ममा रु छ करोड ८४ लाख १३ हजार दुई सय ४३ अर्थात् २६ दशमलव चार प्रतिशत मात्रै संकलन भएको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  २ : ३४ बजे

एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा 

काठमाडौं– नेकपा एकीकृत समाजवादीले भोलिबाट हुने दशौँ महाधिवेशनको सम्पूर्ण तयारी

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

त्रिशूली– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कृषि उब्जनी बढाउन

चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण

मुग्लिन– जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको

धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै

धरान– धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै

रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते

 रौतहट– रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर