चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुग्यो  « Khabarhub

चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुग्यो 


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४-७५ देखि आव २०७७-७८ सम्ममा ३३ शीर्षकमा छ करोड ८६ लाख ४२ हजार आठ सय ७३ रहेको छ । त्यसमा सबैभन्दा बढी बेरुजु आव २०७७-७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको रहेको छ । 

उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्मा दिएका विकासका कामको मात्रै रु एक करोड २८ लाख ८९ हजार आठ सय ६४ को बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । 

नगर प्रमुख खत्रीले भने, ‘विगत पाँच वर्षमा हचुवामा जसरी पायो त्यसरी रकम बाँडेको देखियो, लगेको रकमको काम गरेर फछर्यौट गरेको भए हुन्थ्यो, काम अधूरो बनाउने र कामै नगरेको पाइएकाले त्यस्तो रकम इमान्दारिताका साथ फिर्ता गर्न आह्वान गर्दछु, अन्यथा कानुनअनुसार अगाडि बढ्छौँ ।’

त्यस्तै नगरपालिकाले चालु आव २०७९-८० का लागि पूँजीगततर्फ एक अर्ब ३४ करोड ७१ लाख ४३ हजार नौ सय ५७ र चालुतर्फ ७७ करोड १८ लाख ८२ हजार दुई सय ४३ गरी कूल दुई अर्ब ११ करोड ८९ लाख ८६ हजार दुई सय बजेट विनियोजन गरेकामा यो छ महिनाको अवधिमा कुल बजेटको २३ दशमलव २८ प्रतिशत अर्थात् पुससम्ममा कूल रु ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगर प्रमुख खत्रीले बताए ।

आन्तरिक राजस्वतर्फ रु २६ करोड २६ लाख ३० हजार संकलन गर्ने लक्ष्य राखेकामा यहीँ पुससम्ममा रु छ करोड ८४ लाख १३ हजार दुई सय ४३ अर्थात् २६ दशमलव चार प्रतिशत मात्रै संकलन भएको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  २ : ३४ बजे

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ

अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडाैं – प्रहरीले काठमाडौँको टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट अवैध

होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ

कञ्चनपुर – असान्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालना

पाल्पामा निर्वाचनको तयारी : सामग्री प्याकिङदेखि मतदान केन्द्र सुरक्षाको नमूना अभ्याससम्म

पाल्पा – आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको

विश्वप्रकाशको दाबी : निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउँछन्

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको