बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता « Khabarhub

बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल छन्।

नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार हुनुहुन्छ । यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सिर्जना सैँजूले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा गीता काफ्ले र समर्थकमा सुरेन्द्रराज गोसाइ छन् । 

सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय आज दिउँसो २ः०० बजेसम्मका लागि तोकिएको थियो । बागमती प्रदेशसभाको भोलि शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव एवं निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए। प्रदेशसभामा एक सय १० जना सांसद छन् । 

प्रदेशसभाको उपसभामुख पदका लागि भने तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी दर्ता नभएकाले भोलि बस्ने प्रदेशसभा बैठकले सोसम्बन्धी निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने सचिवालय सचिव एवं निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  २ : ५९ बजे

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो

छिन्नभिन्न कोशीका पहिचानवादी : सडकको मोर्चामा एकजुट हुनेहरू जनमतमा सधैँ चुक्छन्

काठमाडौं- पूर्वी नेपालमा दुई दशकभन्दा अघिदेखि पहिचानको मुद्दा उठिरहेको छ

अमेरिकी पहलमा चार वर्षपछि शान्ति प्रयास फेरि सक्रिय

एजेन्सी– रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको करिब चार वर्ष पुग्न

काभ्रे-१ मा शिक्षा र पूर्वाधारमा कायाकल्प गर्ने  गुणराजको संकल्प

काठमाडौं– यसपटकको संसद्‍मा पुराना दलका थुप्रै नेताहरूको अनुहार देख्न पाइने

ओलीको दाबी : बहुमत नआए पनि यो निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका