चर्चा, विवाद र स्टन्टमा रमाइरहेका गृहमन्त्री « Khabarhub

चर्चा, विवाद र स्टन्टमा रमाइरहेका गृहमन्त्री


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेबारे अनेक हेडलाइन बनिरहेका छन् । बिहीबार मात्रै उनी काठमाडौँबाट चितवन पुगे । चितवन जाँदा उनले काठमाडौँमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणले प्रयोग गर्ने बस चढे ।

विमानस्थलबाट विमानसम्म जानका लागि सर्वसाधारण बस चढ्छन् । तर मन्त्री, प्रधानमन्त्री लगायत भिआइपीका लागि भिआइपी कक्षको प्रयोग गर्ने गरिन्छ । तर यसपटक गृहमन्त्री लामिछानेले भिआइपी कक्षको प्रयोग नगरी बसबाटै यात्रा गरे । केही यात्रुसँग कुराकानी पनि गरे ।

यसले समाचारका हेडलाइन थपिएका छन् । उनी सर्वसाधारणसँग कुरा गर्दै यात्रा गर्दा झन् बढी चर्चामा आएका छन् । बिहीबार चर्चामा आएका उनी बुधबार भने राप्रपाको चियापानमा पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग गफिदै थिए ।

चियापान कार्यक्रममा चिया खाँदै सत्ता गठबन्धनका प्रमुख खेलाडी ओली र अर्का नेता लिङ्देनसँग गफिएको फोटो पनि चर्चामा आयो । त्यसअघि सोमबार संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बेलामा उनले गरेको भाषण चर्चामा रह्यो ।

तर त्यो भन्दा बढी चर्चा फरार रहेका एमाले नेता लक्ष्मी महतोसँग जम्काभेट भएपनि उनले पक्राउ गर्न निर्देशन नदिएको भन्दै आलोचना भयो । महतोले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि फेरि फरार भएका थिए ।

तर प्रहरीले देखेर पनि पक्राउ गर्न नसकेको भन्दै उनको चर्को आलोचना भयो । बिहीबार बिहान पनि उनलाई यही प्रश्न दोहोर्याएर गरिएको थियो । उनले गृहमन्त्रीले गोजीमा हतकडी बोकेर नहिँडेको भन्दै प्रहरीलाई निर्देशन दिइएको बताए ।

पछिल्ला तीन चार दिन यता रवि लामिछाने जसरी चर्चामा आइरहेका छन्, त्यसरी नै केही विवादमा पनि छन् । यसअघि कालिकोटको रास्कोटमा अस्पताल बनाउँदा लागेको चार करोड ऋण सरकारबाट असुलेको भन्दै उनको यतिबेला चर्को आलोचना भइरहेको छ ।

केही समय पहिले उनी मिडियाका हेडलाइन बनाउन सिपालु थिए । खासगरी आफूले चलाउने कार्यक्रम ‘सिधा कुरा’ मा सानै विषयलाई पनि उचालेर उनै ठूलै कार्यक्रम बनाउने गरेका थिए । तर अहिले उनी मिडियाको हेडलाइन कसरी बन्न सकिन्छ ? भनेर राम्रै रिहर्सल गरिरहेका छन् ।

मिडियाकर्मी भएरै उनले विगतमा धेरै मान्छे र केही मिडियाकर्मीको ध्यान खिचेका छन् । केही मिडियाकर्मीको साथ र सहयोग पाएरै उनले चर्चा र सरकारको गृहमन्त्रीसम्म पुगेका उनी अहिले केही नयाँ र फरक गर्ने अभियानमा पनि देखिन्छन् ।

तर उनले काम गर्नेभन्दा बढी हल्ला गर्ने तथा मिडियाको मात्रै हेडलाइन बन्ने धाउन्नमा धेरै काम ओझेल परेका छन् । उनको चर्चामै मिडियाको ध्यान जाँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीदेखि सुरक्षा व्यवस्थाको धेरै काम अलपत्र परिरहेको छ ।

यसरी सँधै चर्चाको पात्र भइरहने गृहमन्त्री रवि लामिछाने सुरक्षा संगठनभित्रका समस्या बाहिरिएको खण्डमा अर्को आलोचनाको पात्र बन्ने जोखिम पनि छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ३ : १९ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार