प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा स्वाँर निर्वाचित  « Khabarhub

प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा स्वाँर निर्वाचित 


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित भएका छन्। बुधबारदेखि सुरु भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर र समावेशीमा जगत खड्का सर्वसम्मत चयन भएका छन् । प्रदेश समितिको महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्रबहादुर रोकाया, महिला सचिवमा वन्दना बम र समावेशी सचिवमा भीमबहादुर चौधरी चयन भएका हुन् । कोषाध्यक्षमा वीरबहादुर गडाल चयन भएका छन् ।

यस्तै खुल्ला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट, चन्द्रबहादुर खनाल, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करूणा जोशी, डालीकुमारी पाण्डेय, दलित सदस्यमा लक्ष्मण विक, आदिवासी-जनजाती सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेशमा रामदास राना, सागर कुश्मी, यौनिक तथा अल्पसङ्ख्यक सदस्यमा धनबहादुर बोहरा र पदम भाट चयन भएका छन् ।

यस्तै कृतबहादुर विष्टको संयोजकत्वमा लेखा समितिमा दुई सदस्य चयन भएका छन् । लेखासमिति सदस्यमा नवराज पनेरू र गगन अयडी रहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ३ : १६ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार