नेपाल प्रहरीका १७ जना डीआइजीको काज सरुवा « Khabarhub

नेपाल प्रहरीका १७ जना डीआइजीको काज सरुवा


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ।  बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले १७ जना डीआइजीको काज सरुवा गरेको हो।

बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डिआइजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।

मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी खटाइएको छ भने कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन्। भीमप्रसाद ढकाललाई कर्णाली प्रदेशको जिम्मेवारी दिइएको छ। 

प्रहरी प्रधान कार्यालयका डिआइजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा पठाइएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी अशोक सिंहलाई दिइएको छ।  प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मेवारी पाएका छन् भने  बुद्धिराज गुरुङलाई गण्डकी प्रदेशको जिम्मा दिइएको छ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको नेतृत्व गरेका श्यामलाल ज्ञवालीलाई प्रदेश १ प्रहरी कार्यालय, विराटनगर र विमानस्थलको जिम्मेवारी किरण राणालाई खटाइएको छ। विशेष ब्युरोको जिम्मेवारी सुदीप गिरीले सम्हाल्ने छन्। 

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ३ : २९ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,