सेयर बजारमा ४१.०४ अंकको गिरावट « Khabarhub

सेयर बजारमा ४१.०४ अंकको गिरावट


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ४१.०४ अंकले ओरालो लागेर २१४९.३९ विन्दुमा आएर रोकिएको छ । 

यसअघि मंगलबार सेयर बजार २१.३५ अंकले घटेको थियो भने ७ अर्ब बढीको सेयर कारोबार भएको थियो । बुधबार भने पृथ्वी जयन्ती परेकाले सरकारले सार्वजनिक बिदा दिएको कारण नेप्से बन्द भएको थियो । 

साथै, बिहीबार २५२ कम्पनीको कारोबार हुँदा १ करोड २२ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोडभन्दा बढीको कारोबार भएको छ । शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै दोश्रोमा रिडी पावर कम्पनीको १७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रो इनर्जी लिमिटेड १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  साथै बाराही हाइड्रोपावर र एनआइविएल समृद्धि कोषको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  कुल २१ कम्पनीमा उकालो लागेको छ भने १८४ कम्पनीमा ओरालो लागेको छ । एक कम्पनी भने स्थिर छ । 

आज १३ उपसूचकहरूमध्ये ट्रेडिङबाहेका सबै उपसूचकहरू राताम्मै भएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ३ : ४६ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन