सैनिक विशेष अदालतका पूर्वपदाधिकारी सम्मानित « Khabarhub

सैनिक विशेष अदालतका पूर्वपदाधिकारी सम्मानित


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना ‘प्राड विवाक जर्नल २०७९’ को संयुक्तरूपमा विमोचन गरेका छन् ।

प्राड विवाकको ६०औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रमा उनीहरूले सैनिक विशेष अदालतका पूर्वअध्यक्ष, सदस्य र प्राड विवाकका अवकासप्राप्त रथीवृन्दलाई सम्मान गरे । कानून र सैनिक न्याय प्रणालीका विविध पक्ष समेटिएको उक्त जर्नलमा सैनिक व्यक्ति संलग्न मुद्दामा सर्वोच्च अदालतबाट भएका अन्तिम फैसला, सैनिक विशेष अदालतबाट फैसला तथा सुरु सैनिक अदालतबाट भएका केही महत्त्वपूर्ण निर्णय समावेश छन् ।

यसअघि न्याय निरुपण तथा फैसला लेखन, साइबर अपराधसम्बन्धी पछिल्ला गतिविधि तथा वैज्ञानिक अनुसन्धान विधि, सार्वजनिक खरिद एवं सूचना प्रविधिका विविध पक्षसँग सम्बन्धित रही प्राड विवाकद्वारा आयोजित तीन दिने गोष्ठीको प्रधानसेनापति शर्माले समापन गरे ।

गोष्ठीबाट नेपाली सेनालाई आवश्यक पर्ने ऐन, नियम, कार्यविधि तथा निर्देशिकाको मस्यौदा गर्ने तथा सोको कार्यान्वयनका लागि विभिन्न तहका सैनिक निकायलाई कानूनी राय सुझाव, सैनिक कसुरको अनुसन्धान तहकिकात तथा अभियोजन गर्न तथा सैनिक अदालतमा खटिई सैनिक न्याय सम्पादनमा सहयोग पुग्ने सेनाले अपेक्षा गरेको छ ।

सो अवसरमा प्रधानसेनापति शर्माले सेनासँग जोडिएका द्वन्द्वकालका घटनामा संस्थागत हित र सङ्क्रमणकालीन न्यायसम्बन्धी स्थापित मूल्य, मान्यतालाई मध्यनजर राखी तार्किक टुङ्गोमा पु¥याउने कार्यमा प्राड विवाकबाट प्रभावकारी भूमिकाको अपेक्षा गरिएको बताए

उनले भने, “कानूनको गलत व्याख्या गरी सैनिक व्यक्तिलाई संस्था तथा नेतृत्व विरुद्ध उक्साउने कार्य कदापि मान्य हुने छैन । यसो गरेमा सैनिक ऐनको पालना गराउने विरुद्ध नै सैनिक ऐनको प्रयोग गर्न संस्था बाध्य हुनेछ ।”

प्राड विवाकका प्रमुख रत्नप्रकाश थापाले सेना अनुशासित, मर्यादित, राष्ट्र सेवामा समर्पित देशको प्रमुख पहरेदार र भरोसाको केन्द्रका रूपमा रहेको बताए । उनले भने “सैनिक सङ्गठनको मेरुदण्ड भनेकै अनुशासन हो । सैनिक सङ्गठनभित्र हुन सक्ने गैरकानूनी तथा अनुशासनहीन क्रियाकलापलाई नियन्त्रण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ, त्यसका लागि सैनिक सङ्गठनले निश्चित न्यायिक प्रणाली अवलम्बन गरेका हुन्छन ।”

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ९ : ५९ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित