अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन मन्त्रालयको आग्रह « Khabarhub

अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन मन्त्रालयको आग्रह


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा शुक्रबार चिकित्सकमाथि प्रहरीले लाठी चार्ज गरेको विरोधमा संघले आज देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु बन्दको आह्वान गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार राति विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसँग आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंहलाई ड्युटी सकेर घर जानेक्रममा लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरिसकिएको छ।

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ७ : ५८ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग