फागुन २० देखि लालझाडी कप फुटबल प्रतियोगिता सुरु हुने « Khabarhub

फागुन २० देखि लालझाडी कप फुटबल प्रतियोगिता सुरु हुने


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो ।

कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष काशीराम बोहराले बताए। ‘हरेक वर्ष हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण हुनसकेन’, उनले भने, ‘यस वर्षदेखि पुनःप्रतियोगिता निरन्तर सञ्चालन गर्नेछौँ ।’

उनका अनुसार दश दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले नगद दुई लाख ११ हजार एक सय ११ सहित ट्रफी, उप–विजेताले नगद  एक लाख ११ हजार एक सय ११ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक अमित विकले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद दश हजार र उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच-पाँच हजार प्रदान गरिनेछ । क्लबले प्रतियोगिताको पूर्व सन्ध्यामा सामुदायिक विद्यालय अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ ।

त्यसैगरी लालझाडी गाउँपालिका–१ स्थित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट करिब आठ सय सेवाग्राहीले सेवा लिएको क्लबले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : ४७ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग