आन्तरिक पर्यटककाे रोजाइमा ‘ज्यामिरे दह’ « Khabarhub

आन्तरिक पर्यटककाे रोजाइमा ‘ज्यामिरे दह’


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

घोराही- दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ।

अन्य दिनको तुलनामा बिदामा यहाँ अत्यधिक पर्यटक घुम्नका लागि पुग्ने गरेको दहमा डुङ्गा सञ्चालन गर्दै आएका वीरजङ पुनले बताए। जिल्ला बाहिरबाट पनि सर्वसाधारण घुम्न आउने गरेको उनको भनाइ छ। दैनिक सरदर ४० जना यहाँ आउने गरेका छन्। मङ्सिरदेखि वैशाखसम्म बढी भीड हुन्छ ।

पुनले तीन वर्षदेखि दहमा डुङ्गा चलाइरहेका छन्। मासिक १५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। एक सय २० मिटर गहिरो उक्त दहको १२ बिघा क्षेत्रमा पानी छ भने वरिपरिको क्षेत्रफल पाँच किलोमिटर छ।

ज्यामिरे दहलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले डुङ्गा सञ्चालन गरिएको छ। यहाँ डुङ्गा सवार गर्न, पौडी खेल्न र वनभोजका लागि सर्वसाधारण पुग्ने गरेका छन्। प्राकृतिक रूपमा रहेको उक्त दह वरपर पर्खाल निर्माण गरिएको छ ।

बिदाको समय तथा चाडपर्वमा डुङ्गा शेयर गर्नेको घुइँचो लाग्छ। डुङ्गा शेयर गरेबापत एक जनाबाट ५०रुपैयाँ लिने गरिएको छ। ज्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै यहाँ व्यापारसमेत बढेको घोराही उपमहानगरपालिका–१३ कमलघारीकी गीता नेपालीले बताइन्। उनी चार वर्षदेखि ज्यामिरे दहनजिकै व्यापार गर्दै आएकी छिन्।

दह रहेको क्षेत्रमा प्रतीक्षालय र खानेपानीको व्यवस्था भए सहज हुने स्थानीय टीकाराम गिरी बताउँछन्। प्रतीक्षालय नहुँदा घुम्न आउनेलाई समस्या भएको छ। ‘यस क्षेत्रको विकास गर्न सके धेरै सम्भावना छन्’, उनले भने । यसलाई पर्यटकीय हब बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : १८ बजे

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक