भैँसी पालनबाट मासिक ७० हजार आम्दानी « Khabarhub

भैँसी पालनबाट मासिक ७० हजार आम्दानी


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सहजपुर– क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसी पालनमा रमाइरहेका छन् । उनले भैँसी पालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गरेका गोदावरी नगरपालिका– २ अत्तरियाका उनले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्थे।

पुर्ख्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उनले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस गएका थिए। साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनी वैदेशिक रोजगारीमा गएका थिए ।

सुरुवातमा काम गर्न दुबई पुगेका उनी त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गरे । करिब १४ महिना दुबईमा काम गरेका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उनी कुवेतमा मासिक दुई लाख ९० हजारको जागिर गर्न थाले।

‘व्यक्तिगत खर्च कटाएर मासिक दुई लाख ९० हजार घर पठाउथे’, उनले भने, ‘त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ ।’ त्यसपछि बिदामा घर आएका उनी विदेश गएनन् । बिदामा घर आएका उनले कुवेतको जागिर छाडेर सुरुमा कुखुरा पालन सुरु गरे। कुखुरा पालनबाट सुरुवाती चरणमा राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोर्नु पर्‍यो।

‘सुरुवाती चरणमा करिब चार लाख जति कमाएँ’, उनले भने, ‘पछि बजारको सिन्डिकेटका कारण घाटा बेहोरे ।’ उनले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र छ तोला सुन पनि सकाए । कुखुरा पालनबाट लाखौँ डुबेपछि हरेस खाएका हिक्मतले फेरि विदेश जाने सोच बनाए। क्यानडाको भिसा लगाएर जाने तयारी गरेका उनले साथीको सल्लाहका कारण त्यहाँ गएनन् ।

‘कुखुरा पालनबाट लाखौँ गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाए, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिए साथीको सल्लाहले फेरि रोकिए’,  उनले भने। ‘साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसी पाल्न सुरु गरेको हुँ । अहिले भैँसी पालनबाट राम्रो आम्दानी भइरहेको छ ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उनले हेमा कृषि फार्म सञ्चालन गरेका छन् ।

फार्ममा भैँसी पालन व्यवसाय सुरु गरेको करिब सात महिना पुग्न लाग्यो । भैँसी पालनमा पनि सुरुवाती चरणमा आफूले घाटा बेहोर्नुपरेको उनले सुनाए। ‘साथीको सल्लामा अर्का एक जनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ’ उनले भने। हाल उनको फार्ममा छ वटा भैँसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उनको भनाइ छ ।

‘अहिले प्रतिलिटर ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छुु, उनले भने, ‘प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु ।’ कुल ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि आठ लाख ऋण लिएर सुरु गरेको भैँसी पालनबाट भने सन्तुष्टि मिलेको उनको भनाइ छ । भैँसी पालनमा श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  २ : ३४ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज