एटिएम मेसिन तोडफोड गरेर चोरी गर्ने चार जना पक्राउ « Khabarhub

एटिएम मेसिन तोडफोड गरेर चोरी गर्ने चार जना पक्राउ


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ललितपुर– एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको आरोपमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भाग्दै गरेका दुई जनालाई महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उनीहरूसहित चार जनाले सोही महानगरपालिका-१५ ताल्चिखेलमा रहेको यम हासिका फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरूलाई समेत च्यासल भोलढोकास्थित कोठाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुर घर भई च्यासल बस्ने २३ वर्षीय कान्छाराम तामाङ, महोत्तरी घर भई सुनाकोठी बस्ने २० वर्षीय विश्वास मगर र ललितपुर कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई ठेचो बस्ने २५ वर्षीय कुशल लामा छन् ।

प्रहरीले उनीहरूबाट चक्कु, क्यामेरा, फलामको रड, खुकुरी, हम्बर र एयरफोन बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : ५३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार