परराष्ट्रमन्त्री पौड्याल र नर्वेकी राजदूत ड्राम्डलबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री पौड्याल र नर्वेकी राजदूत ड्राम्डलबीच भेटवार्ता


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच आइतबार भेटवार्ता भएको छ । राजदूत ड्राम्डल मन्त्री पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्न सिंहदरबार पुगेकी थिइन् । दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्रमन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिएकी थिइन् । राजदूत ड्राम्डलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : ४० बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ