माओवादी घटकको संयुक्त पत्रकार सम्मेलन आज  | Khabarhub Khabarhub

माओवादी घटकको संयुक्त पत्रकार सम्मेलन आज 


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन्।

सशस्त्र युद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट हेर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू सो पत्रकार सम्मेलनमा उपस्थित रहनेछन्। पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

सशस्त्र युद्धकालीन मुद्दालाई विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सर्वोच्चले हेरेको भन्दै उनीहरुले प्रतिवाद गर्ने चेतावनी दिएसकेका छन्। माओवादी केन्द्र र माओवादी घटक दलहरूले अलग अलग वक्तव्यमार्फत पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्।

माओवादीले सो असहमति जाहेर गरे पनि शुक्रवार सर्वोच्च अदालतले भने माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी पाउँ भन्दै परेको रिटलाई अग्राधिकार दिई १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन कारण देखाऊ आदेश दिइसकेको छ। सर्वोच्च अदालतले दिएको आदेशको पर्सिपल्ट अर्थात् २८ फागुनमा माओवादी घटकले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्।

यसअघि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले कात्तिक २५ गते सिधै सर्वोच्चको इजलासमा निवेदन दिएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सर्वोच्च अदालत प्रशासनलाई प्रचण्डको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेश दिएपछि माओवादी वृत्त तरङ्गित छाएको हो।

माओवादी अध्यक्ष प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा ‘म तथ्यांकमात्रै सच्याउन चाहन्छु, मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिएको छ, यो सत्य होइन। सत्य के हो, मलाई भन्न दिनुस्। हिजोका सामन्ती राजा र शासकहरूले १२ हजार मान्छे मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने लिन्छु।’

तीन वर्ष अघिको सो अभिव्यक्तिलाई लिएर माओवादी पीडितसमेत रहेका अधिवक्ता आनन्द आरणलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। जुन मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिइसकेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : ०० बजे

महाधिवेशन प्रतिनिधिहरूलाई विद्याको अपील : एमालेलाई बलियो बनाउन सदस्यता विवाद सच्याउनुस्

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधिहरूलाई

टेलिकमद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द

काठमाडौं – नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बागमती –माछा मार्ने क्रममा करेन्ट लागेर मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडे

ईश्वर पोखरेलको फरक मतः विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् (पूर्णपाठ)

काठमाडाैं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको फरक

ओलीसहितलाई एमाले काठमाडौंका अध्यक्षको म्यासेज : विद्यालाई पाखा लगाए मिसन ०८४ सपना मात्रै

काठमाडौं – नेकपा (एमाले)का काठमाडाैं जिल्ला अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपति