उपराष्ट्रपति पदका उमेदवारको अन्तिम नामावली प्रकाशन आज « Khabarhub

उपराष्ट्रपति पदका उमेदवारको अन्तिम नामावली प्रकाशन आज


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचनका आयोगले आज उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।

उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ।

उमेदवारको मनोनयन दर्ता गरिएको भोलिपल्ट आज उमेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उमेदवारी परेको छ। गठबन्धनबाटै रष्ट्रिय जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दिएकी छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको गरी चार जनाको उमेदवारी परेको छ।

राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति छुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा एमाले र जनमत पार्टीकी उम्मेदवारद्वयले रामसहायप्रसादको उमेदवारी खारेजको मागसहित उजुरी दिएका छन् ‍।

उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म मतदान हुने छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : १६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको