उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय « Khabarhub

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको छ ।

राष्ट्रपतिमा पुरुष रामचन्द्र पौडेल निर्वाचित भएकाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न कानुन बाधक रहेको जिकिर गर्दै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले दाबी विरोध गरेका थिए । तर, रामसहाय यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने आयोगले निर्णय गरेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

संविधानअनुसार फरक लिंग वा समुदायको हुने व्यवस्था गरेकाले उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने आयोगले निष्कर्ष निकालेको उनले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १ : १६ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय