कांग्रेस काठमाडौं कार्यालयमा नेविसंघले लगायो ताला « Khabarhub

कांग्रेस काठमाडौं कार्यालयमा नेविसंघले लगायो ताला


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघमा स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीहरूको समूहले कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन् । अन्सुल केसी र निश्चल महर्जन नेतृत्वको विद्यार्थीको समूहले बिहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । उनीहरुले दिउँसो पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरे ।

उनीहरूले सभापति शेर्पाले एकलौटी बनाएको जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विरोध जारी राखेका छन् । उनीहरूले स्ववियु निर्वाचनको सम्मुखमा गरिएको मनपरि निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : ५८ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा