बालाजुमा धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन पक्राउ « Khabarhub

बालाजुमा धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन पक्राउ


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले काठमाडौँको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतको टोलीले शनिबार काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गर्ने तीनजनाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका घर भई काठमाडौँको तारकेश्वर बस्ने २० वर्षीय जेन राई, सोही स्थानका १८ वर्षीय निशान राई र नुवाकोट बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २८ वर्षीय दिनेश तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा फरार रहेका तीनजनालाई तारकेश्वर नगरपालिकाको फुटुङबाट पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ परेकासँग एक थान चुप्पी र एक थान छिनो बरामद गरेको छ । पक्राउ परेकालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरेर प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १० : ३० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर