संकटमा परम्परागत प्रविधि | Khabarhub Khabarhub

संकटमा परम्परागत प्रविधि


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

घोराही– केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहुँ, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्थिन् । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पीठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजामा चढाउन चोखो शुद्ध परिकार बनाउन ढिकीमा कुट्नेदेखि जाँतोमा पीठो पिस्ने गर्नुहुन्थ्यो । 

तर, पछिल्लो समय गाउँमा ढिकी तथा जाँतोको विकल्पमा गाउँघरमा विद्युत् पुगेसँगै धान कुट्न, तेल पेल्नदेखि पीठो पिस्न मिल स्थापना भएदेखि ढिकी तथा जाँतो देखिन छोडेको डाँगी बताउँछिन्। ‘पहिले घरमै कुट्न ढिकी र पीठो पिस्न जाँतो थियो । तर अहिले छैनन्’, उनले भनिन्, ‘अहिले धान कुट्नेदेखि पिसाउनेसम्म प्रायः काम मिलमै गर्ने गरेका छौँ ।’ आफ्नो घरसँगै गाउँका प्रत्येक जसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उनी बताउँछिन् ।

विगतमा गाउँघरमा कुटानी र पिसानीको माध्यम नै ढिकी र जाँतो हुने गरेकोमा अहिले ती सामग्री हराएको घोराही उपमहानगरपालिका–१८ हात्तीखर्क निवासी खिमा घर्तीमगरले बताइन् । भौगोलिक रुपमा विकट र बत्ती पुग्न नसकेका गाउँमा अहिले पनि ढिकी तथा जाँताको प्रयोग हुने गरेको छ । विद्युत् पुगेका ठाउँहरुमा परम्परागत रुपमा रहेका ढिकी तथा जाँतो हराइसकेको घर्तीमगर बताउँछिन् । ‘पहिले गाउँका सबैजसो घरमा ढिकी र जाँतो हुन्थ्यो । त्यसमै कुटानी तथा पिस्ने काम हुन्थ्यो’, घर्तीमगरले भनिन्, ‘ढिकीमा कुटेको र जाँतोमा पिसेको खाद्यान्न सामग्री पोसिलो अनि स्वादिलो पनि हुन्थ्यो ।’ सजिलोसँगै आधुनिक विद्युतीय मिलको सञ्चालनले परम्परागत ढिकी तथा जाँतोको प्रयोगलाई लोप हुने अवस्थामा पुर्‍याएको स्थानीय बताउँछन् ।

परम्परागत रुपमा प्रयोग गर्दै आएका ढिकी तथा जाँतो संरक्षण गर्न सके ती सामग्रीको संरक्षणसँगै अत्यावश्यक वस्तु कुटाउन तथा पिस्न काम लाग्ने घोराही उपमहानगरपालिका–१३ निवासी अमृत घर्तीमगरले बताए । ‘मानिसहरुले काममा सुविधा खोज्दै जाँदा हाम्रा परम्परागत सामग्री ढिकी, जाँतोसँगै चिउरी पेल्ने कोल पनि लोप हुने अवस्थामा पुगेका छन्’, उनले भने, ‘यी सामग्रीको संरक्षण हुन आवश्यक छ ।’ 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १२ : ३८ बजे

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना,

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको