‘बेग्लै आकाश’ र ‘खटप्वाल’ सार्वजनिक « Khabarhub

‘बेग्लै आकाश’ र ‘खटप्वाल’ सार्वजनिक


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित ‘बेग्लै आकाश’ र प्रमोद प्याकुरेलद्वारा लिखित उपन्यास ‘खटप्वाल’ सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा १४ जना विविध क्षेत्रमा स्थापित विशिष्ट व्यक्तित्वहरूको संक्षिप्‍त जीवनी समेटिएको पुस्तक ‘बेग्लै आकाश’ पुस्तकमा समेटिएका व्यक्तित्वहरूबाटै गरिएको थियो भने ‘खटप्वाल’ प्रमुख अतिथि समालोचक रमा शर्मा, गीतकार, चलचित्रकर्मी यादव खरेल, समालोचकहरू महेश पौड्याल, डा. अशोक थापा, लेखक प्याकुरेललगायतले गरेका थिए । 

‘बेग्लै आकाश’ माथि संक्षिप्‍त टिप्पणी गर्दै समालोचक पौड्यालले नेपाली साहित्य, प्राध्यापन, बैंकिङ, राजनीतिलगायत विविध क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका व्यक्तित्वहरूका जीवन संघर्ष, साहित्यरसंगीतयात्रा, राजनीतिक संघर्ष, सरकारी जागिरका सकस आदिबारे बुझ्न यो पुस्तक उपयोगी हुने बताए । पौड्यालले यस पुस्तकमा समेटिएका व्यक्तित्वहरू स्वयंमा आमजनका प्रेरणा रहेका भन्दै उनीहरूका लुकेका पाटाहरू पनि पुस्तकमा उजागर हुनु तथा उनीहरूका भोगाइ र संघर्षले पाठकलाई छुट्टै ऊर्जा दिने र हार नखाई संघर्ष गर्न प्रेरित गर्ने धारणा राखे ।

यसरी नै ‘खटप्वाल’ भित्र छिर्दै समालोचक डा. अशोक थापाले प्रमोद प्याकुरेलले नेपाली ग्रामीण जीवनका चित्र उपन्यासमा उतारेका बताए । प्रकृतिको मानवीकरण गर्दै दार्शनिक तवरले समकालीन नेपाली समाजका यथार्थ उपन्यासमार्फत प्रकट गरेका उनको भनाइ थियो । लेखक ओझाले ‘बेग्लै आकाश’ माथि लैंगिक हिसाबले एकपक्षीय भएको, आधा आकाश महिलालाई बेवास्ता गरिएको भनेर व्यापक आलोचना भएकोतर्फ इङ्गित गर्दै आफू विभेदकारी संस्कारबाट नआएकाले लैंगिक, जातीय वा यस्ता कुनै भासबाट मुक्त भएकाले आरक्षण कोटाका नाममा १-२ जना महिला नराखेको खुलाए । उनले भने, ‘कोटा पुर्‍याउने राजनीतिक तरिका ठिक लाग्दैन, नेपाली समाजमा छुट्टै र विस्तृत अध्ययन गर्नुपर्ने प्रशस्त महिलाहरू हुनुहुन्छ, उहाँहरूबारे लेखिनेछ ।’

‘बेग्लै आकाश’मा लोकेन्द्रबहादुर चन्द, यादव खरेल, डा. विमल कोइराला, प्रा.डा. कृष्णहरि बराल, प्रतीक ढकाल, कृष्ण धरावासी, डा. भोजराज घिमिरे, केशव भट्टराई, शंकर कोइराला, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, चूडामणि देवकोटा, डा. रामप्रसाद ज्ञवाली, दिनेश अधिकारी र शक्तिबल्लभका जीवनी समेटिएको छ ।

दुवै पुस्तक पेज टर्नर प्रा.लि.ले प्रकाशन गरेको हो ।’बेग्लै आकाश’को मूल्य ५०० रुपैयाँ छ भने खटप्वालकाे मूल्य ४५० रुपैयाँ राखिएको छ ।
पेज टर्नर प्रा.लि.का अध्यक्ष भरत पौडेलले पेज टर्नर नेपाली प्रकाशनका क्षेत्रमा नयाँ भएको तर यसले नेपाली भाषा र साहित्यका क्षेत्रमा गहन काम गर्ने सोचअनुसार काम गरिरहेकाले सबैको साथ, सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा निरूपणडटकम साहित्यिक अनलाइन र ट्विलाइटजुनियरडटकम बालकेन्द्रित अनलाइनको शुभारम्भसमेत गरिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १ : ०४ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना