सेयर बजारमा ९२ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ९२ अंकको वृद्धि


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ९२ अंकले उकालो लागेको हो । योसँगै सुचक १९६३ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८ अंकले वृद्धि भइ ३७३ विन्दुमा पुगेको छ।

यसअघि मंगलबारको कारोबारमा भने नेप्से परिसूचक २७.३१ अंकले उकालो लागि १८७१.३३ विन्दुमा अडिएको थियो । सोही दिन ९४ करोड ५२ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ९७ करोड ६० लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा २१८ कम्पनीमा वृद्धि भएको छ । 

त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ११ करोड ७१ लाख रुपैयाँको कारोबार गरेको छ । यसैगरी एनआईसी एशिया र हिमालय डिस्टिलरी कम्पनीले ६ करोड २९ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । 

बुधबार सबै उपसूचक कम्पनीहरूमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरू मध्ये सबैभन्दा धेरै फाइनान्सको ६.८४ प्रतिशतले मूल्य बढेको छ । यसैगरी बैंकिङ, विकास बैंक र माइक्रो फाइनान्सको ५ प्रतिशतले मूल्य बढेको छ ।

आजको सिद्धार्थ इक्विटी, सिटिजन म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, आदश् लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्। 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ४ : ०६ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि