इजरायल पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ « Khabarhub

इजरायल पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका ३ खैरापुर टोल घर भई काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादव रहेको प्रहरीले जनाएको छ । उनलाई लाजिम्पाटबाट मंगलबार पक्राउ गरिएको हो ।

उनले वैदेशिक रोजगारीको लागि नेपाल सरकार र इजरायलबीच हुने जीटूजी सम्झौतामार्फत् सरकारी कोटामा इजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ३१ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगरले पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि विभागमा पठाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ५ : ५८ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता