पाकिस्तान चरम आर्थिक सङ्कटतर्फ उन्मुख : आईएमएफ « Khabarhub

पाकिस्तान चरम आर्थिक सङ्कटतर्फ उन्मुख : आईएमएफ


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तान चरम आर्थिक सङ्कटतर्फ उन्मुख भएको टिप्पणी गरेको छ । पाकिस्तान तत्काल वित्तीय समस्याबाट पार हुने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले पाकिस्तानलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक भएको बताएका छन् ।

पाकिस्तानको सबैभन्दा निकटको मित्र एवम् हितचिन्तक मानिने साउदी अरबले प्रधानमन्त्री शेहबाज सरिफ र उनका दाई नवाज सरिफलाई इद मनाउन आमन्त्रण गरेपनि त्यसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउन मद्दत गर्ने तर आर्थिक सहायता प्राप्त हुन नसक्ने अर्थशास्त्री मियाको टिप्पणी छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरबले गत वर्ष तेलको मूल्यमा उच्च वृद्धि भएका बेला व्यापार गरेर कमाएको अतिरिक्त पाकिस्तानका निम्ति उपयोग हुनेमा आर्थिक विश्लेषकहरूले आशङ्का व्यक्त गरेका छन् । विश्लेषक मुसर्रफ जैदीले द न्युज इन्टरनेशनलमा ‘पाकिस्तानले साउदी सहायता प्राप्त गर्ने सम्भावना धेरै कम छ, कथंकदाचित सहयोग भएमा त्यो अस्थायी राहत मात्र हुने’ लेखेका छन् ।

विश्लेषक जैदीका अनुसार अर्थशास्त्री मियाले भनेजस्तो बृहत् आर्थिक प्याकेज पाकिस्तानलाई प्रदान गर्ने अवस्थामा साउदी छैन । विकास एवम् आर्थिक सहायताका ढाँचा परिवर्तन भएका छन् । साउदी शासकहरू पाकिस्तानका अभिजात वर्ग, सैन्य र नागरिकलाई निःशर्त आर्थिक सङ्कटबाट मुक्त गर्ने चाहना पनि गर्दैनन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : ०३ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले