नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ पुग्यो « Khabarhub

नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ पुग्यो


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तनहुँ- ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित सुरु भएको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली आज तनहुँ आइपुगेको हो ।

गोरखा दरबारबाट सुरु भएको पदमार्ग पालुङटार सतिघाट हुँदै तनहुँ आइपुगेको हो । रिपुपर्दन गणले सतिघाटबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ । पदयात्रा टोली आज तनहुँको भानुमा बस्नेछ । पदयात्रा टोलीलाई स्थानीयवासीले बाजागाजा बजाएर भव्य स्वागत गरेका छन् । उक्त कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, विभिन्न वडाका अध्यक्ष सहभागी थिए ।

भोलि शुक्रबार उक्त पदयात्रा टोली व्यास नगरपालिका–११ तनहुँसुर दरबार आइपुग्ने कार्यतालिका रहेको व्यास–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी रामज्योति बोहोराले जानकारी दिए । तनहुँसुर आएर उक्त पदयात्राको झण्डा कालीभञ्जन गण (इ) लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । पदयात्रा टोलीलाई स्थानीय तहको समन्वयमा स्वागत गर्ने कार्यक्रम रहेको छ । “पदयात्रा कार्यक्रमले राज्य एकीकरण गर्दा प्रयोग गरिएका पदमार्गका बारेमा सबैलाई जान्ने अवसर पनि मिल्नेछ”, प्रमुख सेनानी बोहोराले भने ।

तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीबाट श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । पदयात्रा टोली चैत २९ देखि वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ ।

केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ । पदयात्रामा सैनिक फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणका दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ९ : ३५ बजे

कांग्रेसको कलह : एकताको हलो अड्काएर एकअर्कालाई चुनौती दिँदै दुवै पक्ष

काठमाडौं- गत पुस अन्तिम भएको दोस्रो विशेष महाधिवेशनयता नेपाली कांग्रेस

हिरासतमा मृत्यु प्रकरण : दश जना प्रहरीलाई कारबाही सिफारिस

काठमाडौं– सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु

अस्तव्यस्त अस्पताल : कतै लामो लाइन, कतै ज्यान जोगाउन डाक्टर पलायन

काठमाडौं- उपचारका लागि देशका प्रमुख सरकारी तथा सामुदायिक अस्पताल पुग्ने

वरिष्ठ न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, अवस्था गम्भीर

काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारोको क्यान्सर देखिएको

हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

दाङ– रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु